काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव १७ अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने तीन दशमलव ७६ अंकले उकालो लागेर २९ सय ८२ दशमलव ६४ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३१ अंकले उकालो लागेर पाँच सय १७ दशमलव १३ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको एक लाख ५४ हजार छ सय ४२ पटकको कारोबारमा तीन करोड ८९ लाख ६२ हजार पाँच सय आठ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम १८ अर्ब ४९ करोड चार लाख २८ हजार सात सय ९४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।