काठमाडौं । स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी सिरिजमा नयाँ ग्यालेक्सी ३६ फाइभ जी नेपाली बजारमा ल्याएको छ । कम्पनीअनुसार यो स्मार्टफोन दुई भेरियन्टमा बिहीबारदेखि नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ ।
कम्पनीले यस फोनको मूल्य नेपालमा ८/१२८ जीबीको मूल्य ३६ हजार नौ सय ९९ रुपैयाँ र ८/२५६ जीबीको ४१ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ । यो फोनमा नयाँ एआई एनोभेसन समावेश छ । गुगलसँगको सर्कल टु सर्च र जिमिनी लाइभजस्ता एआई फिचरहरू यो फोनमा रहेका छन् । साथै, यो फोनमा छ दशमलव सात इन्चको एफएचडी सुपर एमोलेड स्लिम बेजल डिस्प्ले, एक सय २० हर्ज रिफ्रेस रेट र भिजन बुस्टर टेक्नोलोजी रहेको छ ।
यसैगरी, यसको ५० एमपी ओआईएस ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बीरहरू खिच्छ । यसमा अटो नाइट मोड र नाइटोग्राफी फिचरहरू छन् । अगाडि र पछाडि दुवै क्यामेरामा ४ के भिडियो रेकर्डिङ सपोर्ट, फोटो रिमास्टर र अब्जेक्ट इरेजरजस्ता एडिट टुलहरू पनि उपलब्ध छन् । साथै, यसमा पाँच हजार एमएएच ब्याट्री र २५ वाट फास्ट चार्जिङले पूरै दिन पावर दिन्छ । छ वर्षको सुरक्षा अपडेट र छ जेनेरेसनसम्मको एन्रोइड अपग्रेड ग्यारेन्टीका साथ यो फोन लामो समय टिक्ने फोन हो । वान यआई ७ मा चल्ने यो फोनमा क्लिनर होम स्क्रिन, अपडेटेड विगेट्स र न्युबारजस्ता नयाँ फिचरहरू छन् ।