काठमाडौं । सिजी मोटर्सले गिली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिडारा आरडी ६ का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । अब ग्राहकहरूले मात्र नौ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो वनाउन सक्नेछन् ।
यस विशेष योजनाअन्तर्गत आकर्षक क्यासब्याक अफर, निःशुल्क एसेसोरीहरू र तीन लाख रुपैयाँसम्मको एक्सचेन्ज टप–अप बोनस पाइने कम्पनीले जनाएको छ । रिडारा आरडी ६ मा ६३ केडब्लुएच क्षमताको ब्याट्री, दुई सय किलोवाट पावर र ३८५ एनएमटर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसले ३७७ किमीको ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । गिलीको म्याप प्लेटफर्ममा आधारित यो पिकअपमा इन्डिपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ । यसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ ।
यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र भी२एल प्रविधि जडान गरिएको छ । यसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ । साथै, कम्र्फट, ईकोनोमी, अफ रोड जस्ता ३ ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट, र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलले वनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन् ।