काठमाडौं । नेपालमा व्यवस्थापन शिक्षामा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम), लिटिल एन्जेल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) र नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम)ले नयाँ मानक स्थापना गरेका छन् ।
यी संस्थाहरूले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय व्यवस्थापन शिक्षा नेपालमा नै प्रदान गर्दै आएका छन् । नेपालमा व्यवस्थापन शिक्षाको इतिहासमा सन् १९५४ देखि सुरु भएको थियो । यो यात्रा अहिले अन्तर्राष्ट्रियस्तरको उत्कृष्टतामा पुगेको छ । सन् १९९३ मा स्थापित कुसोमले नेपालमा पहिलोपटक एमबीए कार्यक्रम सुरु गरेको थियो । यसले बीबीए, बीबीआईएस, बीएचएम, एमबीए, ईएमबीए र पीएचडीजस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यावहारिक र उद्योग–उन्मुख शिक्षा दिने गरेको छ । कुसोमको विशेषता भनेको यसको अन्तर्राष्ट्रिय सम्बन्ध, अनुभवी प्राध्यापकहरू र उद्यमशीलतालाई प्रोत्साहन गर्ने संस्कृति हो ।
यस्तै, एलएसीएम व्यावसायिक सीप र उद्यमशीलतामा केन्द्रित छ । लिटिल एन्जेल्स एजुकेसन ग्रुपको हिस्सा रहेको एलएसीएमले बीबीए, बीबीआईएस र बीएचएम कार्यक्रममार्फत विद्यार्थीहरूलाई उद्योगसँग जोड्ने गरेको छ । यसले ‘हाटबजार’जस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यावसायिक अनुभव दिने गरेको छ । एलएसीएमको बलियो पूर्वविद्यार्थी सञ्जाल र उद्योगसँगको सहकार्यले यसलाई नेपालको अग्रणी व्यवस्थापन संस्था बनाएको छ ।
एनसीएम भने सामाजिक दायित्वसहितको शिक्षा प्रदान गर्ने संस्था हो । धोबीघाटमा अवस्थित एनसीएमले बीबीए र बीएचएम कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यावसायिकरूपमा सक्षम बनाउँदै आएको छ । यसले उद्योगसँगको नजिकको सम्बन्ध, अनुभवी प्राध्यापकहरू र आधुनिक सुविधामार्फत विद्यार्थीहरूको सिकाइ अनुभवलाई समृद्ध बनाएको छ । विद्यार्थीहरूले यी संस्थाहरूबाट प्राप्त गर्ने शिक्षा र सीपले उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सफल बनाउने विज्ञहरूको भनाइ छ ।