काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सेल्स कन्भेन्सन २०८२’ सम्पन्न भएको छ । देशभरका प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ, ब्रान्च अपरेसन, विभागीय प्रमुख, उच्च व्यवस्थापनलगायत सञ्चालक समितिका पदाधिकारीको उपस्थितिमा करिब दुई सय जना कर्मचारीहरूको उपस्थितिमा आयोजित सेल्स कन्भेन्सन २०८२ भव्यताका साथ सम्पन्न गरेको गरेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष, केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्री, व्यवस्थापनका पदाधिकारीलगायतका व्यक्तिहरूको उपस्थिति थियो । साथै आगामी आव २०८२/८३का लागि ‘वि क्यान देन’लाई मूल मन्त्रका रूपमा आत्मसात् गर्दै सम्पूर्ण कर्मचारीहरू एक जुट भएर लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रण गरेका छन् । कार्यक्रममा भारतका सेल्स ट्रेनर अनिल कुमार झाले व्यक्तित्व विकास, अभिकर्ता निर्माणलागायत सेल्ससम्बन्धी विशेष ट्रेनिङ दिनुका साथै जीवन बीमा क्षेत्रमा सिकेको आफ्नो ३० वर्षभन्दा बढीको अनुभव बाँडेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्रीले जीवन बीमा क्षेत्रमै ऐतिहासिक सफलता हासिल गर्न आफ्नो अमूल्य योगदान दिने सम्पूर्ण कर्मचारीहरूलाई कृतज्ञता व्यक्त गर्दै सदैव कम्पनीको मूल्य र मान्यतामा रहेर काम गर्न जोड दिनुका साथै बीमितको हित नै कम्पनीको हित भन्ने मूल मन्त्र लिन सबैलाई हौसला दिए । साथै कम्पनीका चिफ बिजनेस अफिसर, फर्शुराम मरासिनीले कम्पनीको वार्षिक व्यावसायिक समीक्षा र आगामी रणनीतिका बारेमा प्रस्ट पार्दै लक्ष्य प्राप्तिका लागि अघि बढ्न कर्मचारीहरूलाई प्रेरित गरे ।
कार्यक्रममा प्रथम बीमाशुल्क, बीमालेखको बिक्री संख्या, सक्रिय अभिकर्ता निर्माण र सबैभन्दा बढी दिन नियमित व्यवसाय गर्ने तथा तोकिएको व्यावसायिक लक्ष्य हासिल गर्ने उत्कृष्ट एक सय २९ जना कर्मचारीलाई विभिन्न विधामा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्री तथा चिफ बिजनेस अफिसर फर्सुराम मरासिनीलगायतले सम्मान गरेका थिए ।
बेस्ट इम्पोइल अफ दि इयरअन्तर्गत ५ विधामा क्रमशः प्रदेश प्रमुखबाट प्रदेश ७ का प्रमुख मोहन पुरी, रिजनल म्यानेजरअन्तर्गत सूप हिलबाट रामप्रसाद उपाध्याय, ब्रान्च म्यानेजरअन्तर्गत दैलेख ब्रान्च बाट रबिन्द्रप्रसाद शर्मा, ब्रान्च अपरेसनअन्तर्गत नयाँ बानेश्वोर शाखाबाट सन्जय सुन्दास र सेल्स एक्जुकेटिवअन्तर्गत बुटवल पाल्पारोड शाखाबाट सन्तोष ज्ञवाली देशभरिका कर्मचारीमध्ये सर्वोत्कृष्ट भएका हुन् । कम्पनीको सेल्स कन्भेन्सन २०८२ बाट कर्मचारीहरूले कम्पनीको हालको अवस्था, कम्पनीको आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी बृहत ज्ञान हासिल गर्नुका साथै उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्दा कर्मचारीहरू उत्साहित र थप ऊर्जावान् भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । साथै कर्मचारीहरूलाई अन्तर्राष्ट्रियस्तरको तालिमको अवसर प्रदान गर्दै कर्मचारीको दक्षता अभिवृद्धि गर्दै जाने कम्पनीको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरूमा पनि विभिन्न तालिम तथा सीपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले जनाए ।