काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक २०८१/०८२मा १० करोड ८० लाख ६८ हजार पाँच सय २२ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा सात करोड ९२ लाख १७ हजार छ सय १५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४० करोड ७६ लाख ९२ हजार तीन सय पाँच रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२मा एक अर्ब ६४ करोड ५९ लाख ३३ हजार चार सय ८७ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८४ करोड ७४ लाख २९ हजार एक सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३८ करोड १० लाख १५ हजार एक सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३७ करोड ३९ लाख ८९ हजार पाँच सय ५३ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८९ करोड ७१ लाख १२ हजार तीन सय ६१ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ३५ लाख १७ हजार छ सय ६७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।