खोटाङ । माइतीघर मण्डलामा साउन १४ गतेबाट आमरण अनशनमा बसेका प्रमुख तीर्थराज भट्टराई वीर अस्पताल भर्ना भएका छन् । तीन दिनसम्म भोकहड्तालमा बसेर पनि माग पूरा नभएपछि प्रमुख भट्टराई अनिश्चितकालीन आमरण अनशन बसेका हुन् ।

प्रमुख भट्टराईको सचिवालयका अनुसार स्वास्थ्यमा समस्या आएकाले चिकित्सकको सल्लाह अनुसार उनी वीर अस्पताल भर्ना भएका हुन् । उनले अस्पतालमै अनशनलाई निरन्तरता दिइरहेका छन् ।