काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन ४७ दशमलव ९३ अंकले खुम्चिएको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि ३१ दशमलव ५० अंकले ओरालो लागेर २९ सय २२ दशमलव ६३ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्कपनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ७१ अंकले ओरालो लागेर पाँच सय एक दशमलव १२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको एक लाख ६८ हजार पाँच सय ९४ पटकको कारोबारमा तीन करोड ६८ लाख ७१ हजार दुई सय ४४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार नौं सय ४४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स उपसमुहको सुचक ३१ दशमलव २४ अंकले उकालो लागेर २६ सय ७२ दशमलव २० बिन्दुमा चढेको छ भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।