काठमाडौं । अटोमोटिभ ब्रान्ड प्रोटोनले नेपालमा ‘ड्रिम अ ड्रिम’ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानबाट नेपाली परिवर्तनकर्ताहरूलाई आर्थिक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य लिएको छ ।
अभियानअन्तर्गत प्रोटोनले नेपाली उद्यमी, नवप्रवर्तक तथा सपना देख्ने व्यक्तिहरूद्वारा प्रस्तुत गरिएका उत्कृष्ट तीन आइडियाहरूलाई जनही पाँच लाखसम्मको सहयोग प्रदान गर्नेछ । सबै नेपाली नागरिकहरूका लागि आवेदन खुला गरिएको कम्पनीले जनाएको छ । जुन सजिलै स्क्यान गर्न मिल्ने क्युआर कोडमार्फत दर्ता गर्न सकिनेछ । आवेदन बुझाउने अन्तिम मिति २०२५ अक्टोबर ३१ सम्म रहेको छ । तीन विजेताहरूले वित्तीय सहयोग मात्र होइन, शार्क ट्याङ्क नेपालको आगामी सिजनका लागि अझ उच्च चुनौती र अवसरका लागि आफ्नो विचारलाई थप परिष्कृत गर्न अनुभवी मार्गदर्शन र सहयोग पनि प्राप्त गर्नेछन् ।
प्रोटोनका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यस अभियानमार्फत सपना र सम्भावनामा लगानी गरेर नेपालको भविष्य निर्माण गर्न खोज्नेहरुलाई सहयोग गरिने जानकारी दिए । यस ‘ड्रिम अ ड्रिम’ अभियानका विजेताहरूको घोषणा २०२५ नोभेम्बरमा गरिने जनाइको छ । त्यसपछिको चरणमा प्रोटोन र यसका साझेदारहरूको सहयोगमा एक विशेष ‘मेन्टरसिप यात्रा’ सुरु गरिने कम्पनीको छ ।