काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र गोकर्ण फरेष्ट रिसोर्ट, काठमाडौंबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेष्ट रिसोर्टमा उपलब्ध फुड एन्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यो सहकार्यको मुख्य उद्दद्देश्य ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको बैंकले जानकारी दिएको छ । एनआईएमबीले आफ्ना ग्राहकवर्गहरूको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको छ ।
बैंकले हाल दुई सय ७५ वटा शाखा, दुई सय ६४ वटा एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।