काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको सिभिल इन्जिनियरिङ महाशाखाका तत्कालीन प्रमुख एवम् हाल भरतपुर एयरपोर्टका साइट इन्जिनियर चन्द्रमणि सापकोटाविरुद्ध भ्रष्टाचारको आरोप लागेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एसी जडानमा एकमुस्ट बजेटलाई टुक्र्याएर ६० वटा फर्मलाई कोटेसनमा काम दिँदा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
उनले आर्थिक वर्ष २०७५/७६ को बजेटको शीर्षक नम्बर ३.९.०१ भवन तथा सडक अन्य विभिन्न बजेट शीर्षकको एकमुष्ट बजेटलाई २०७५ असोज २८ गतेदेखि २०७६ असार ३१ गतेसम्म विभिन्न मितिमा गरी लगभग ६० वटा कम्पनीलाई कोटेसनमा काम दिएका थिए । सो क्रममा बेनी निर्माण सेवाका सञ्चालक बबिन बुढाथोकीलाई सम्पर्क व्यक्तिका रुपमा खडा गरी उक्त अनियमितता गरेको उजुरीकर्ताको आरोप छ ।
सापकोटा हाल विस्तार हुन लागेको भरतपुर विमानस्थलको आयोजना प्रमुख छन् । यही साउनको पहिलो साता सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको उक्त अनियमितताको छानबिन गरी कारबाही गर्न माग गरिएको छ । उनले उक्त ठेक्कामा कम दाम कबोल गर्ने राजकुमार बस्नेतको क्षमादेवी गु्रपलाई काम नदिई मनोज वंशालीको मित्सुविसी कम्पनीलाई काम दिएका थिए । १२ करोड रुपैयाँको काममा सापकोटाले विभिन्न फर्मको नाममा बिल बनाएर रकम निकालेर तीन करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप रहेको छ ।
सापकोटाले उक्त बजेट शीर्षकबाट सोर्वण निर्माण सेवालाई चार लाख ३७ हजार नौ सय ९३, थर्ड आई कन्ट्रक्सनलाई चार लाख ३२ हजार नौ सय ५९, खत्री निर्माण सेवालाई चार लाख ३८ हजार दुई सय ७४, पीएनजी कन्ट्रक्सनलाई चार लाख ३७ हजार छ सय ५८, जय सुन्दरीमाई विल्डर्स एन्ड सप्लायर्सलाई चार लाख पाँच सय ३७, एनएबीडी कन्ट्रक्सनलाई चार लाख २१ हजार तीन सय ७४, निशान निर्माण सेवालाई तीन लाख ९५ हजार एक सय ९२, थापा निर्माण सेवालाई चार लाख दुई हजार ६८, दशङ निर्माण सेवालाई तीन लाख ७१ हजार आठ सय र बेनी निर्माण सेवालाई चार लाख ३७ हजार छ सय रुपैयाँ भुक्तानी दिएका छन् ।
त्यसैगरी, उनीविरुद्ध ध्वज निर्माण सेवालाई चार लाख ३४ हजार छ सय तीन, क्रिएटिभ कन्ट्रक्सनलाई चार लाख ३७ हजार एक सय २४, देवीस्थान निर्माण सेवालाई चार लाख ३२ हजार सात सय ४८, अर्पण कन्ट्रक्सनलाई चार लाख ३७ हजार सात सय ७८, पर्वत निर्माण सेवालाई चार लाख ३६ हजार एक सय ५४, देउपुर निर्माण सेवा एन्ड पञ्चकन्या सप्लायर्सलाई तीन लाख ७५ हजार १९, आरडी कन्ट्रक्सनलाई चार लाख २३ हजार छ सय ९९ रुपैयाँ भुक्तानी दिएको आरोप लागेको छ ।
सोबाहेक सापकोटाले सिन्धु निर्माण सेवालाई ८५ हजार ९१ र ९४ हजार ४२ शिवालय विल्सर्डलाई चार लाख ३५ हजार छ सय ७०, धनुषाधाम निर्माण सेवालाई चार लाख ३४ हजार तीन सय ७३, महांकाल भैरवी निर्माण सेवालाई चार लाख ३१ हजार एक सय एक, क्यान योन कन्ट्रक्सनलाई चार लाख ३२ हजार पाँच सय १६, सिंह निर्माण सेवालाई चार लाख ३१ हजार नौ सय ९७, काली निर्माण सेवालाई चार लाख ३५ हजार सात सय १२, लक्कीस्टार इन्टरप्राइजेजलाई चार लाख ३६ हजार चार सय ६४, सिन्धु सप्लायर्सलाई ९९ हजार आठ सय २४ रुपैयाँ भुक्तानी दिएको उजुरीमा उल्लेख छ ।
त्यसैगरी, गोमति निर्माण सेवालाई चार लाख ३८ हजार दुई सय नौ, गोपीनी गंगा इन्जिनियरिङ निर्माण एन्ड सप्लायर्सलाई चार लाख ३२ हजार ७२, सीके कन्ट्रक्सनलाई चार लाख ३६ हजार दुई सय ५८, जेएनके कन्ट्रक्सनलाई चार लाख ३६ हजार ८०, स्टेल कन्ट्रक्सन एन्ड सप्लायर्सलाई एक लाख नौ हजार तीन सय २६, जीके कन्ट्रक्सनलाई चार लाख ३५ हजार दुई सय ९४, मुनाल विल्डर्सलाई चार लाख ३४ हजार नौ सय ९६, इसासी निर्माण सेवालाई चार लाख ३३ हजार चार सय ६९, के एन्ड जे कन्ट्रक्सनलाई चार लाख २४ हजार दुई सय ५९, जीवन कन्ट्रक्सनलाई चार लाख ३४ हजार तीन, बरगाछी निर्माण सेवालाई चार लाख ३६ हजार पाँच सय रुपैयाँ भुक्तानी दिएको उजुरीमा उल्लेख छ ।
सापकोटाले बीएस कन्ट्रक्सनलाई दुई लाख ३९ हजार ८८, जय जन्मभूमि निर्माण सेवालाई चार लाख ३६ हजार सात सय १२, जीइस कन्ट्रक्सनलाई चार लाख २८ हजार तीन सय ८२, जय अरुण निर्माण सेवालाई चार लाख ३६ हजार सात सय १३, कालिका निर्माण सेवालाई चार लाख ३६ हजार दुई सय ५७, थोकर निर्माण सेवालाई चार लाख ३९ हजार आठ सय, परमभक्त कन्ट्रक्सनलाई चार लाख ३५ हजार सात सय १८, मोन्जा कन्ट्रक्सनलाई चार लाख ३७ हजार चार सय ३१, सूर्य विनायक कन्ट्रक्सनलाई चार लाख २९ हजार नौ सय ९९, के एम कन्ट्रक्सनलाई चार लाख ३६ हजार ३७, एकता लिलिङ कम्पनीलाई तीन लाख २८ हजार एक सय ४० रुपैयाँ भुक्तानी दिएको बताइएको छ ।
उनले सकिल निर्माण सेवालाई चार लाख २४ हजार छ सय ७०, पख निर्माण सेवालाई चार लाख ३५ हजार, शुभारम्भ डिलिङ एण्ड कन्ट्रक्सनलाई एक लाख ९५ हजार छ सय ४५, ग्लोरियम क्रन्ट्रक्सनलाई चार लाख ३६ हजार चार सय ३०, जय पशुपति निर्माण सेवालाई दुई लाख ६० हजार नौ सय ८८, ह्विल्सा निर्माण सेवालाई चार लाख १६ हजार २५ र गाउँपालिका निर्माण सेवालाई चार लाख आठ हजार तीन सय ३८ रुपैयाँ भुक्तानी दिएको पाइएको उजुरीमा संलग्न कागजातले देखाएको छ ।