काठमाडौं । याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले याडिया भेलाक्स सिरिज नेपालमा औपचारिकरूपमा सार्वजनिक गरेको छ । कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२५ सँगै सार्वजनिक गरिएको यो नयाँ शृङ्खलाले प्रदर्शन, स्मार्ट फिचर र दैनिक जीवनको सहजतामा आधारित इलेक्ट्रिक मोबिलिटीमा नयाँ युगको सुरुवात गरेको जनाएको छ ।
कम्पनीले तीन फरक पहिचानका तीन मोडेल सार्वजनिक गरेको हो । कम्पनीको भेलाक्स यू४.९ केडब्लू मोटर र ७४ भी २० एएच डुअल लिथियम–आयन ब्याट्रीको साथमा आउँछ । यो मोडेलले एक सय ४० किमीसम्मको रेञ्ज दिने र ८० किमी÷घण्टाको टप स्पिडमा दौडिने कम्पनीको दाबी छ । यस्तै, भेलाक्स फास्ट चार्जिङ ३.२ केडब्लू मोटर र ७६ भी ३० एएच ब्याट्रीसहित आउने जनाइएको छ । यो मोडेल २० मिनेटमै ८० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । साथै, यसले एक सय १० किमीसम्मको दूरी तय गर्नेछ । भेलाक्स एच दैनिक प्रयोगका लागि डिजाइन गरिएको हो । यो मोडेलमा ३.२ केडब्लू मोटर र ७२ भी ३० एएच ब्याट्री छ । यसले एक सय किमीसम्मको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।