काठमाडौँ । हालसम्मकै उच्च बिन्दुमा सुनको मूल्य पुगेको छ । शुक्रबारका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतितोला एक लाख ९८ हजार ४०० मा बिहीबार कारोबार भएको छापावाला सुन शुक्रबार तोलामा एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।