काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा बढेको छ । संस्थाले गत आर्थिक वर्षमा २१ करोड ६० लाख ९० हजार दुई सय १४ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १४ करोड ५७ लाख १७ हजार छ सय ३८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ४१ करोड ९० लाख रुपैयाँ रहेको संस्थाले गत आवको असार मसान्तसम्ममा तीन अर्ब ९८ करोड आठ लाख ९८ हजार आठ सय रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब एक करोड ७८ लाख ८४ हजार पाँच सय एक रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब पाँच करोड तीन लाख १९ हजार तीन सय ७३ रुपैैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ४० करोड ७९ लाख ८४ हजार ७२ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ७५ करोड ६७ लाख ४२ हजार नौ सय १४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८८ करोड १५ लाख ८४ हजार ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।