काठमाडौं । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।