काठमाडौं । सोसाइटी इन्टरनेसनलले अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था (एफपीसीए)लाई आर्थिक सहयोग गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच सोसाइटी इन्टरनेसनलले अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्थालाई आर्थिक सहयोग गरेको हो । वार्षिकरुपमा सहयोग गर्ने प्रतिबद्धताअन्तर्गत सोसाइटी इन्टरनेसनलका जीएसए अफेयर हेड सन्तोष विक्रम राणाले एफपीसीएकी अध्यक्ष एलिना बज्राचार्य तुलाधरलाई पहिलो चेक हस्तान्तरण गरेकी हुन् । एक वर्षसम्म हरेक महिना आर्थिक सहयोग गर्दै जाने कम्पनीले जनाएको छ । उनले अटिजमपीडित बालबालिका र व्यक्तिहरुलाई सामाजिक र आर्थिकरुपमा सहयोगको आवश्यकता रहेको बताए ।
एफपीसीएकी अध्यक्ष तुलाधरले अटिजमपीडित व्यक्ति र बालबालिका पनि यही देशका नागरिक भएकाले सरकारले पनि सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने बताइन् । विगत १० वर्षदेखि अटिजम भएका व्यक्ति र बालबालिकाका लागि एफपीसीएले डे–केयर र सिकाइ केन्द्र सञ्चालन गर्दै आएको छ ।