काठमाडौं । सामसङले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ । सामसङ इनोभेसन क्याम्पसअन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच पूरा गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको कम्पनीले जनाएको छ ।
साथै, अब नयाँ ब्याचको एआई र विग डाटाको तालिम सुरु हुने कम्पनीले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालयका कुलपति प्राडा दीपक आर्यल, पूर्वीय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डिन प्राडा सुशील बी. बज्राचार्यको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सामसङ नेपाल कार्यलयका मानवस्रोत प्रबन्धक, जयन्त मणि कायस्थले सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको बताए ।