काठमाडौं । लघुबीमा कम्पनीहरुको व्यापार खुम्चिएको छ । आर्थिक वर्ष २०८१/८२ को जेठ महिनाको तुलनामा असार मसान्तमा सबैजसो लघुजीवन बीमा कम्पनीहरुको व्यापारमा संकुचन आएको हो ।
सो अवधिमा निर्जीवन लघुबीमा कम्पनीहरुको व्यापार भने सामान्य देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्ममा तीनवटा लघु जीवन बीमा कम्पनी र चार वटा लघुनिर्जीवन बीमा कम्पनी समेतका सातवटा लघु बीमकहरुले एक अर्ब ९४ करोड ७८ लाख ४३ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका थिए । यस अवधिमा दुवैतर्फका कम्पनीहरुले कुल २० लाख एक हजार पाँच सय ४० वटा बीमालेख जारी गरेको प्राधिकरणको भनाइ छ ।
तर एक महिनापछि अर्थात् गत आवको असार मसान्तसम्म लघुबीमा कम्पनीहरुले जारी गरेको कुल बीमालेखको संख्या १९ लाख सात हजार नौ सय ४८ र कुल बीमाशुल्क आर्जन रकम एक अर्ब ७९ करोड ७३ लाख तीन हजार रुपैयाँमा सीमित हुनुले पनि लघुबीमा कम्पनीहरुको व्यापार खुम्चिएको देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको असार मसान्तसम्ममा लघु जीवन बीमा कम्पनीहरुले मात्र कुल १५ लाख २८ हजार पाँच सय १० वटा सक्रिय लघुजीवन बीमालेखमार्फत ८४ करोड ३४ लाख २९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो बीमालेख र रकम अघिल्लो महिनाको तुलनामा कम हो । अघिल्लो महिनामा लघुजीवन बीमा कम्पनीहरुले कुल १६ लाख ६२ हजार तीन सय २६ वटा सक्रिय जीवन बीमालेखमार्फत एक अर्ब नौ करोड ८२ लाख ५४ हजार रुपैयाँ कुल लघु जीवन बीमाशुल्क आर्जन गरेका थिए ।
गत आवको असार मसान्तसम्ममा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले मात्र नौ लाख ३९ हजार आठ सय ८९ वटा सक्रिय बीमालेखमार्फत कुल ३१ करोड ९९ लाख ६९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो महिनामा गार्डियनले ११ लाख २० हजार छ सय ८५ वटा सक्रिय जीवन बीमालेखमार्फत ४१ करोड ३६ लाख ९३ हजार रुपैयाँ कुल लघु जीवन बीमाशुल्क आर्जन गरेको थियो ।
यसैगरी, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा तीन लाख ९३ हजार तीन सय १३ वटा सक्रिय जीवन बीमालेखमार्फत कुल ३१ करोड २९ लाख ३७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो महिनामा भने कम्पनीले तीन लाख ९४ हजार चार सय एकवटा सक्रिय जीवन बीमालेखमार्फत ३९ करोड ९४ लाख ९९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख १९ हजार तीन सय आठवटा बीमालेखमार्फत कुल २१ करोड पाँच लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो महिनामा कम्पनीले एक लाख ४७ हजार दुई सय ४० वटा सक्रिय बीमालेखमार्फत २८ करोड ५० लाख ६३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
प्र्राधिकरणका अनुसार लघु निर्जीवन कम्पनीहरुको व्यापार भने अघिल्लो महिनाको तुलनामा बढेको छ । सञ्चालनमा रहेका चार वटा लघुनिर्जीवन बीमा कम्पनीहरुले आव २०८१/८२ को असार मसान्तसम्म कुल तीन लाख ७९ हजार चार सय ३८ वटा बीमालेख जारी गरी ९५ करोड ३८ लाख ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो महिनामा भने लघु निर्जीवन बीमा कम्पनीहरुले कुल तीन लाख ३९ हजार दुई सय १४ वटा बीमालेखमार्फत ८४ करोड ९५ लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थियो । गत आवको पछिल्लो अवधिमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले मात्र एक लाख एक हजार सात सय ४४ वटा बीमालेखमार्फत २६ करोड २६ लाख दुई हजार रुपैयाँ कुल बीम(ाशुल्क आर्जन गरेको छ । अघिल्लो महिनामा यो कम्पनीले ९२ हजार सात सय ६२ वटा बीमालेखमार्फत २३ करोड ७९ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले पनि गत आवको असार मसान्तसम्म ९९ हजार एक सय ३५ वटा बीमालेखमार्फत २४ करोड ९३ लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो महिनामा कम्पनीले ८७ हजार पाँच सय ९९ वटा बीमालेखमार्फत २१ करोड १० लाख ७९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यसैगरी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले पनि गत आवको असार मसान्तसम्म एक लाख दुई हजार चार सय ९६ वटा बीमोलखमार्फत २२ करोड ७४ लाख २५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो महिनामा भने कम्पनीले ९१ हजार एक सय ८९ वटा बीमालेखमार्फत २० करोड १७ लाख ९१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले पनि गत आवको असार मसान्तसम्म ७६ हजार ७३ वटा बीमालेखमार्फत २१ करोड ४२ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो महिनामा कम्पनीले ६७ हजार छ सय ६४ वटा बीमालेखमार्फत १८ करोड ८७ लाख ६२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।