काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिको सदस्यमा निराजन बहादुर चलाउने र सुनिल मल्ललाई नियुक्त गरेको छ । बर्दियाको गेरुवा गाउँपालिकाका युवा उद्यमी समेत रहेका चलाउने तीन वर्षका लागि सदस्यमा नियुक्त भएका हुन् । अन्तर्राष्ट्रिय व्यापार तथा निकासी प्रवर्द्धन समितिमा उनी योभन्दा अगाडि पनि तीन वर्ष विज्ञ सदस्यका रुपमा कार्यरत थिए ।
त्यसैगरी, काठमाडौंका युवा उद्यम तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी विज्ञ सुनिल मल्ललाई पनि सरकारले सदस्यमा तीन वर्षका लागि नियुक्त गरेको छ । उनीहरु दुवैजनालाई निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नियुक्तपत्र प्रदान गरेका थिए ।