काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा लिमिटेडले व्यवसायी, व्यापारी र उद्यमशील व्यक्तिहरूको वित्तीय कारोबारलाई अझ सरल बनाउने उद्देश्यले ‘ईसेवा बिजनेस लिंक सुविधा सार्वजनिक गरेको छ ।’ यस स्वीफ्ट एकाउन्ट स्वीच फिचरसहितको सुविधामार्फत अब प्रयोगकर्ताले सहजै आफ्नो व्यावसायिक र व्यक्तिगत दुवै खाताहरू एउटै ईसेवा एपबाट व्यवस्थापन गर्न सक्नेछन् ।
सबै व्यवसायी, व्यापारी र उद्यमशील व्यक्तिहरूको आर्थिक कारोबारलाई अझ सरल बनाउने उद्देश्यले ल्याइएको यो नयाँ सुविधा डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्वपूर्ण कदम मानिएको छ । आधुनिक समयमा धेरै वित्तीय खाताहरू व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै, ईसेवा बिजनेस लिंकले एउटै एपबाट सबै वित्तीय कारोबारको सहज व्यवस्थापन सुनिश्चित गरेको छ । यसले विभिन्न खाताहरूमा बारम्बार लगइन गर्ने वा एपहरू परिवर्तन गरिरहने झन्झटबाट मुक्ति दिनेछ ।
ईसेवा बिजनेस लिंकले व्यक्तिगत र व्यावसायिक दुवै खाताहरूलाई एउटै एपबाट व्यवस्थापन गर्न सहज बनाउँछ । यसले तत्काल खाता स्वीच, सहज नगद व्यवस्थापन र तत्काल विना कुनै शुल्क बिथ ड्रको सुविधा दिँदै दैनिक कारोबारको हिसाबकिताब राख्न मद्दत गर्छ । साथै, यसले उत्कृष्ट डिजिटल भुक्तानी अनुभव प्रदान गर्छ र बिजनेस क्युआर भुक्तानीहरूलाई सरल बनाउँछ ।