काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्सले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्काशन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले यही असोज ३ गते आठौँ वार्षिक साधारणसभा गर्न लागेको हो । सभामार्फत कम्पनी एग्रो डेभलपमेन्ट फन्डमा गरेको लगानी अनुमोदन गर्ने २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाबलगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने, सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्ने, वृद्धि भएको जारी पुँजीअन्तर्गत नयाँ संस्थापक सेयरधनीलाई थप २० रूपैयाँ प्रिमियम लिई बिक्री गर्नेलगायतका प्रस्तावहरु पारित गर्ने तयारी गरेको छ ।