काठमाडौं । लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर सोरूम सञ्चालनमा ल्याएको छ । काठमाडौंको कलंकीस्थित टंकेश्वर टाइल एन्ड मार्बल हाउस प्रालिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो सोरूम उद्घाटन गरेको हो ।
टंकेश्वर टाइल एन्ड मार्बल हाउस प्रालिका सञ्चालक प्रज्ज्वल अधिकारी, लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोश खेतानले संयुक्तरूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर सोरूमको उद्घाटन गरेका थिए । निर्देशक अभिनभ चुरिवालले लेमिनार टायल्सले देशभर एक सयभन्दा बढी विशेष सोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । लेमिनार टायल्सका अर्का निर्देशक आशुतोष खेतानले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्सभन्दा बढिरहेको बताए ।
बर्दियाको गुलरियामा १२ दशमलव पाँच बिगाहा क्षेत्रफलमा अवस्थित अत्याधुनिक युरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । कम्पनीले पाँच सयभन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ । यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९ दशमलव ९२ प्रतिशतसम्म वाटरप्रुफ रहेको कम्पनीको दाबी छ । उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन् ।