काठमाडौं । प्रहरीको गोली लागेर जेनजीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको छ । नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा घाइतेको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचार भइरहेको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी गराएका छन् । मृत्यु भएकाको परिचय खुलेको छैन । यसबारे विस्तृत विवरण आउन बाँकी नै छ ।