सर्लाही । सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीले गरेको दमनप्रति आक्रोशित प्रदर्शनकारीहरूले मंगलबार सर्लाहीको सदरमुकाम मलंगवास्थित नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् ।स्थानीय सुरक्षाकर्मीका अनुसार आक्रोशित भीडले कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेका थिए । त्यसपछि नियन्त्रणबाहिर गएको भिडले दुबै पार्टीका कार्यालयमा आगजनी गरेको हो । अहिले घटनास्थल वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सोमबारको आन्दोलनमा देशभर १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएको पुष्टि भएको छ । त्यस घटनाको विरोधस्वरूप आज देशका प्रायः सहरहरूमा प्रदर्शन चर्किँदै गएको छ । सुरक्षा निकायका अनुसार स्थिति नियन्त्रणमा लिन थप प्रहरी बल परिचालन गरिएको छ भने संवेदनशील स्थानहरूमा उच्च सतर्कता अपनाइएको छ ।