काठमाडौँ, जेनजी पुस्ताका युवा आन्दोलनकारीहरूले मंगलबार बिहान टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सिअसिआईए) को केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्। सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि युवा प्रदर्शनकारी अझै आक्रोशित छन्।प्रदर्शनकारीहरूले सिंहदरबार, सर्वोच्च अदालत, अन्य सरकारी कार्यालय, शीर्ष नेताहरूका घर र राजनीतिक पार्टीका कार्यालयमा पनि आगजनी र तोडफोड गरेका छन्। सोमबार र मंगलबारको प्रदर्शनमा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। सामाजिक सञ्जाल बन्द र व्यथितीको विरोधमा सडकमा उत्रिएका जेनजी पुस्ताका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसके पनि प्रदर्शन रोक्न तयार देखिएका छैनन्। जेनजी आन्दोलनले देशभर राजनीतिक अस्थिरता बढाएको छ र सुरक्षा निकायहरूले थप सतर्कता अपनाएका छन्।