काठमाडौं । नेपाली सेनाले उच्छृंखल गतिविधि भए खबर गर्न हेल्पलाइन नम्बर दिएको छ । देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय र आन्दोलनरत समूहका साथ सेना अघि सरेको छ ।

आफ्नो घर वरपर कुनै उच्छृङ्खल क्रियाकलाप भएमा तत्काल खबर गर्न सेनाले अनुरोध गरेको छ। जसका लागि नेपाली सेनाको हेल्पलाइन नम्बर ०१–५९७९००० नम्बर दिएको छ ।