काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि बडा दशैंको अवसरमा दराजसँग दशैँ धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
बैंकका अनुसार यो योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिनेछ । यो योजना २०८२ भाद्र २४ देखि आश्विन ७ गतेसम्मका लागि लागू हुनेछ । सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय ३४ वटा शाखा कार्यालय तथा एक सय २७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।