काठमाडौं । साप्सु कालिका हाइड्रोपावर लिमिटेडले साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असोज १२ गते साधारणसभाको आह्वान गरेको हो ।

कम्पनीले सभामार्फत साधारण सेयर जारी गर्नै प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सभामा आर्थिक वर्ष २०८१–८२को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरू रहेको कम्पनीले जानकारी दिएको छ ।