काठमाडौं । सागर डिस्टिलरी लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री स्थगित भएको छ । कम्पनीले यसअघि यही भदौ २५ गतेबाट सार्वजनिक निष्काशन खुल्ला गर्नेगरी यही भदौ १७ गते आह्वानपत्र प्रकाशन गरेको थियो ।

हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको कम्पनीले जानकारी दिएको छ ।