काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग सम्झौता गरेको छ । यो सम्झौतामार्फत एनएमबि बैंकका कार्डबाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन्, जसले बैंकका आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूको बसाइ अझ किफायती र सहज हुनेछ ।
साथै, बैंकका आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पुल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्न सक्ने जानकारी पनि बैंकले दिएको छ ।