काठमाडौं । जेनजी आन्दोलनको नाममा भइरहेका गतिविधिमा जेनजी पुस्ताभन्दा बढी उमेरका व्यक्तिहरू सहभागी भएको देखिएको छ। विभिन्न पार्टीका कार्यकर्ताले समेत आन्दोलनमा घुसपैठ गरेको आरोप उठेका छन्। यसैबीच, अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वबारे आन्दोलनभित्र नै मतभेद सतहमा आएको छ। सैनिक मुख्यालयमा भेला भएका केही समूहबीच विवाद चर्किएर धक्का–मुक्कीसमेत भएको स्रोत बताउँछ। एक पक्षले प्रस्तावित नेतृत्वमा असहमति जनाएपछि अर्को समूहबीच वाकयुद्ध र झडप भएको हो। तर, जेनजी युवाभन्दा बाहिरका व्यक्तिहरूको संलग्नता बढ्दै गएको भन्दै वास्तविक आन्दोलन नै भड्काउन खोजिएको आशंका पनि उठ्न थालेको छ। विश्लेषकहरूका अनुसार आन्दोलनमा बढ्दो घुसपैठ र आन्तरिक मतभेदले त्यसको दिशा र उद्देश्यमा अनिश्चितता थपिएको छ।