काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा खुम्चिएको छ । संस्थाले गत आर्थिक वर्षमा आठ करोड तीन लाख ३१ हजार ८५ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा सात करोड ३४ लाख २१ हजार ९० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७० करोड ८५ लाख आठ हजार तीन सय ४५ रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा दुई अर्ब ७२ करोड २७ लाख २७ हजार ९९ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ८८ करोड ८३ लाख ५९ हजार नौ सय २४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५३ करोड ५२ लाख २५ हजार ८८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ५४ करोड ३२ लाख १३ हजार ५८ रुपैैयाँ निक्षेप संकलन गरी नौ अर्ब ७५ करोड ४१ लाख ५८ हजार तीन सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको थियोे ।