काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख्य सुधार देखिएको छ । संस्थाले गत आर्थिक वर्षमा चार करोड पाँच लाख २८ हजार चार सय ११ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा आठ करोड ७४ लाख ५७ हजार नौ सय १७ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा दुई अर्ब ६६ करोड ३९ लाख ७९ हजार चार सय ९१ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १६ करोड ३४ लाख ९७ हजार आठ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ८१ लाख ८३ हजार छ सय ९५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १२ दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ४८ करोड ३३ लाख २१ हजार नौ सय १५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब तीन करोड १५ लाख तीन हजार एक सय २४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड सात लाख २६ हजार तीन सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १७ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।