काठमाडौं ।चीनको स्वशासित क्षेत्र तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामापछि तिब्बतको निर्वासित संसद्का सभामुख भनिएका खेन्पो सोनाम तेन्फेलले पनि केपी ओली नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर नियुक्त गरिएका प्रधानमन्त्री एवम् पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सुवेदीलाई बधाई दिएका छन् । नेपालमा फ्रि तिब्बतको नाममा काम गर्ने ग्लोबल नेपालको धम्कीपछि राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो दिनको वक्तव्यविपरीत विवश भएर दोस्रो दिन कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
कार्कीलाई तत्काल प्रधानमन्त्री नियुक्त नगरिए मुलुकमा संकटकाल लगाउने सेनाको चेतावनीपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त भएपछि अपदस्थ तिब्बती सरकारका निर्वासित प्रधानमन्त्री पेन्या छिरिङले पनि नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा सुशीला सुवेदी कार्कीलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् । उनीहरुले पठाएको बधाई तथा शुभकामना सन्देशमा वषौंदेखिका आफ्ना प्रयास व्यर्थ भएको तर कार्कीको नियुक्तिले आशा पलाएको उल्लेख गर्दै तिब्बतमा चिनियाँ कब्जा र तिब्बतीहरुमाथिको अमानवीय उत्पीडनको ठाडो उल्लेख गरेका छन् र कार्कीको नियुक्तिलाई ऐतिहासिक भन्दै खुसीको क्षण र सुन्दर भविष्यको आशा भनेका छन् ।
नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि अपदस्थ तिब्बती सरकारका निर्वासित धार्मिक नेता दलाई लामा, अपदस्थ तिब्बती सरकारका निर्वासित प्रधानमन्त्री पेन्पा छिरिङ र अपदस्त तिब्बती संसद्का निर्वासित सभामुख खेम्पो सोनाम तेन्फेलले बधाई दिएको पहिलो घटना हो । यसैबीच, जेन–जी आन्दोलनमा मारिएका अबोध युवाहरुको आत्माको चिर शान्तिको लागि नेपालमा रहेका तिब्बतीहरुको दलाई लामा समर्थक गुम्बाका प्रतिनिधिहरुको बौद्धमा तीनदिने सम्मेलन गरिएको छ । भदौँ ३० गतेदेखि सुरु भएको उक्त सम्मेलनको संयोजन तिब्बती शरणार्थी क्याम्पका प्रमुख फुर्वा टासीले गरेका हुन् । एक सय ५० भन्दा बढी प्रतिनिधि सम्मिलित उक्त भेलाले जेन–जी पुस्ताको विद्रोहमा मारिएका ७३ जना युवाको मृतात्माको चिर शान्तिको कामना गरिएको छ । भेलाले सरकारले चिब्बती शरणार्थीलाई पहिलेकै सरकारले उस्तै उही नजरले हेर्न थाले विद्रोह गरी गुम्बाबाट बाहिर निस्कने चेतावनी दिएको बताइएको छ ।