काठमाडौं । जेन–जी आन्दोलनका कारण यही भदौ २४ गतेदेखि बन्द रहेको सेयर कारोबार असोज दुई गते अर्थात् आज बिहीबारबाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार दिएको निर्देशनअनुसार आज बिहीबारबाट नेप्से खुल्न लागेको हो ।
नेप्सेले गत भदौ २४ गते कफ्र्युबीच पनि ठूलो आन्दोलन भएपछि असोज २ गतेसम्म सेयरबजार बन्द गर्ने निर्णय गरेको थियो । तर गत आइतबारदेखि जनजीवन सामान्य अवस्थामा फर्किएसँगै सेयर कारोबार खुलाउन दबाब परेको थियो । नेप्सेले असोज १ गतेबाट कारोबार खुलाउने गृहकार्य गरेको भए पनि जेनजी आन्दोलनका सहिदहरूको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि सेबोनले असोज २ गतेबाट कारोबार खोल्न नेप्सेलाई निर्देशन दिएको थियो । सोहीअनुसार नेप्सेले आजबाट कारोबार खोल्न लागेको हो ।