काठमाडौं । लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले कम्पनीको आव २०८१/८२को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह विवरण) लगायतका वार्षिक विवरणउपर छलफल गरी पारित गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आव २०८२/८३का लागि कम्पनी ऐन, २०६३को दफा १११ बमोजिम एमबी श्रेष्ठ एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभामा सञ्चालक समितिका अध्यक्ष सुशील जोशीले कम्पनीले छोटो समयमा नै हासिल गरेको उपलब्धिमा प्रकाश पारे तथा कम्पनीले अनुपालना, सुशासन, आधुनिक प्रविधिको अनुशरणमा जोड दिई सर्वसुलभ रुपमा धितोपत्र दलाल सेवा उपलब्ध गराई उक्त क्षेत्रमा नेपालको एक नेतृत्वदायी भूमिका निभाउने मुख्य लक्ष्य रहेको समेत जानकारी गराए ।