काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। पत्रकारिता पृष्ठभूमिका खनाल यसअघि उकालो डटकमका प्रधानसम्पादक थिए। त्यस्तै, मन्त्रिपरिषद्को बैठकले गोविन्दनारायण तिमल्सिनालाई प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेको छ। तिमल्सिना विवेकशील नेपाली दलका संस्थापक सदस्य हुन्।