काठमाडौं । सानिमा सेक्युरिटिज लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असोज ३१ गते राजधानी काठमाडौंमा आफ्नो तेस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतको तयारी गरेको छ ।