काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मुख्यसचिव एकनारायण अर्यालकी छोरी डा. अस्मिता अर्याललाई निगममा नियुक्ति दिएका छन् ।
स्रोतका अनुसार सेटिङमा अधिकारीकी छोरी डा. अस्मिताले निगममा ‘कर्पोरेसन डाक्टर’को नियुक्ति पाएकी हुन् । यसका लागि मुख्यसचिव अर्यालले दबाब दिएका थिए । मुख्यसचिवमा नियुक्त भएलगत्तै २०८१ मा नै छोरी अस्मितालाई नियुक्त गराउन अधिकारीलाई दबाब दिएका थिए ।
एक वर्षको करार सम्झौतामा नियुक्ति पाएकी अर्यालले दोस्रोपटक सम्झौता थपिसकेको स्रोतको भनाइ छ । यसअनुसार उनी २०८४ असारसम्म निगमकी जागिरे छिन् । निगममा पहिले टेन्डरमार्फत अस्पतालहरूसँगको सम्झौतापछि नियुक्ति हुने गरे पनि अहिले मुख्यसचिवको दबाबमा हुन थालेको हो । उनका बुबा अर्याल केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा मुख्यसचिव नियुक्त भएका थिए । उनी विवादास्पद मानिन्छन् ।