काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२को लाभांशबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो । बैंकको हाल चुक्ता पुँजी एक अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको छ ।