काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिमा हालसम्म करिब दुई अर्ब एक करोड ९८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार कुल दाबी रकममध्ये हालसम्ममा अग्रीम भुक्तानी समेत गरी उक्त परिमाणमा रकम भुक्तानी दिइएको जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल तीन हजार एक सय ६६ वटा बीमा दाबीको करिब २३ अर्ब २० करोड ९१ लाख दाबी रकम रहेको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् । निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार कुल दाबी रकममध्ये हालसम्ममा अग्रीम भुक्तानी समेत गरी करिब दुई अर्ब एक करोड ९८ लाख बीमितहरूलाई भुक्तानी भइसकेको प्राधिकरणको भनाइ छ ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्यांकन एवं अनुगमनका लागि दुई हजार सात सय ९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा छ सय ५४ को संख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त भएको छ ।
यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कुल दुई हजार सात सय ३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रहेको जानकारी पुनर्बीमा कम्पनीले दिएको छ । पुनर्बीमा कम्पनीले हालसम्ममा करिव एक अर्ब ६३ करोड ३५ लाख अग्रीम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई दिएको र ६० वटा दाबीको मूल्यांकन तथा अनुगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको तथ्यांक उपलब्ध गराएको प्राधिकरणको भनाइ छ ।जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिमा हालसम्म करिब दुई अर्ब एक करोड ९८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार कुल दाबी रकममध्ये हालसम्ममा अग्रीम भुक्तानी समेत गरी उक्त परिमाणमा रकम भुक्तानी दिइएको जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल तीन हजार एक सय ६६ वटा बीमा दाबीको करिब २३ अर्ब २० करोड ९१ लाख दाबी रकम रहेको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् । निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार कुल दाबी रकममध्ये हालसम्ममा अग्रीम भुक्तानी समेत गरी करिब दुई अर्ब एक करोड ९८ लाख बीमितहरूलाई भुक्तानी भइसकेको प्राधिकरणको भनाइ छ ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्यांकन एवं अनुगमनका लागि दुई हजार सात सय ९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा छ सय ५४ को संख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त भएको छ ।
यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कुल दुई हजार सात सय ३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रहेको जानकारी पुनर्बीमा कम्पनीले दिएको छ । पुनर्बीमा कम्पनीले हालसम्ममा करिव एक अर्ब ६३ करोड ३५ लाख अग्रीम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई दिएको र ६० वटा दाबीको मूल्यांकन तथा अनुगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको तथ्यांक उपलब्ध गराएको प्राधिकरणको भनाइ छ ।