काठमाडौं । भन्सार प्रयोजनको लागि भाइटीकाबाहेक सबै दिन बैंकहरू खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतको नाममा सूचना जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सूचनामार्फत भनेको छ, नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागको मिति २०८२/०६/३०को पत्रबाट व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सूचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ सेवा सुचारु गर्न अनुरोध भएबमोजिम तिहारको भाइटीकाको दिन (मिति २०८२/०७/०६ गते) बाहेक तिहार बिदाको अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था गर्नु÷गराउनु हुन यो सूचना जारी गरिएको छ ।