वीरगञ्ज (पर्सा) । तिहारको बेला घरमा झिलीमिली बत्ती लगाउने क्रममा वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवा पियुसकुमार साह को करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उपचारका लागि साहलाई वीरगञ्जको नारायणी अस्पतालमा पुर्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।