काठमाडौं । शिवम् सिमेन्टले आफ्नो प्रचार अभियानको चौथो भिडियो सार्वजनिक गरेको छ । कम्पनीले चर्चित ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाईज’ अन्तर्गतको चौथोे भिडियो सार्वजनिक गरेको हो ।
यस अभियानमा एक जना डाक्टरले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको विरामिलाई अप्रेसन गरी आफ्नो जिम्मेवारीलाई पूरा गरेको देखाउँदै ‘जिम्मेवारीको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश देखाइएको छ । यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो । त्यस्तै, दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुन सक्ने धोका, छलकपट बारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको थियो भने तेस्रो भिडियोमा मानिसको जीवनमा हुने एक–एक सेकेन्ड समयको महत्वलाई दर्साउन दुई साथीबीच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगिसकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समय संग जोडेर ‘समयको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश देखाइएको छ । उक्त सामाजिक सन्देशमूलक विज्ञापनहरु दर्शकहरुले अत्याधिक रुचाइएको थिए ।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रमाइज भन्न जति सजिलो छ त्यति नै व्यवहारमा पूरा गर्न गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शिर सधैँ ठाडो हुन्छ’ भन्ने सन्देशमार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुतरूपमा प्रस्तुत गरेको जनाएको छ । शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।