काठमाडौं । शेयर बजार परिसुचक नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन पाँच दशमलव १७ अंकले खुम्चिएको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार ३४ दशमलव २२ अंकले उकालो लागेर २६ सय दशमलव ३८ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४० अंकले उकालो लागेर चार सय ५२ दशमलव ८१ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा तीन सय १९ वटा कम्पनीहरुको ५३ हजार एक सय १२ पटकको कारोबारमा दुई करोड ६० लाख १० हजार सात सय १८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम सात अर्ब ५१ करोड ३९ लाख ३८ हजार चार सय ७३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव शुन्य तीन अंकले ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।