काठमाडौं । प्रभु केवल कार एन्ड टुरिजम लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले साधारण सेयर जारी गर्र्नेसहितको प्रस्ताव पारित गर्नका लागि आगामी पुस २६ गते वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीको काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा हुने वार्षिक साधारणसभाले कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण, साधारण सेयर जारी गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पारित गर्ने तयारी गरेको छ ।