काठमाडौं । गत असोज १८ गते सैनिक मुख्यालय छिरेर एक युवकले गरेको विध्वंश गत २४ गते संसद्् भवनमा भेटिएको ड्रान जस्तै रहस्यमय घटना मानिएको छ र त्यसलाई दुस्मनको घुसपैठी परीक्षण हुन सक्ने सम्भावनातर्फ सबैको ध्यानआकर्षण गरेको छ ।
त्यसरात लगभग ११ बजेतिर जंगी अड्डाको काँडेतारवार नाघेर भित्र पसेर सिन्धुली तीन पाटन घर भई हाल न्यूरोड काठमाडौं बस्ने २४ बर्षीय राहुल बोगटीले आर्मी अफिसर क्लव सभामण्डल भवन भित्र पसेर सामानहरु टोडफोड गरेको थियो र भोलिपल्ट बिहान करिब १२ बजेतिर मात्र बोगटी त्यहाँबाट बाहिर निस्केको विवरण प्रकाशमा आएको छ ।
२४ सै घण्टा सैनिक प्रहरा रहने जंगीअड्डामा छिरेर १२ घण्टासम्म विध्वंश मच्चाउने बोगटीलाई प्रहरीले केहि समयपछि पक्राउ गरेको छ । पक्राउ परेपछि बोगटीले आफू होसमा नभएको बेला उक्त घटना भएको भनेर उम्कने प्रयास गरेको बयानबाजीलाई बढाइचढाई प्रचारबाजी गरिए पनि त्यस घटनाका पछाडि सेनाविरुद्धको षड्यन्त्रको परीक्षण हुन सक्ने विज्ञहरुको आशंका रहेको छ ।
यसअघि गत असार २४ गते संसद् भवन नयाँ बानेश्वरमा १५ केजीको ड्रोन भेटिएको थियो । अनुसन्धान गर्दा उक्त ड्रोन टेक स्पायर कलेजका विद्यार्थीहरुले हानेको पाइएको थियो । तर प्रहरीले त्यस घटनामा संलग्न प्रध्यापक विजयबाबु रेग्मीलगायत विद्यार्थीहरु समन महर्जन, सुजलकाजी श्रेष्ठ, समीज खतिवडा र अफ्ताब रेजालाई पक्राउ गरेर पनि सामान्य सोधपुछ गरेर छाडेको थियो ।
प्रहरीले उक्त ड्रोन हमलालाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो, त्यसरी लिएको थिएन । त्यसको परिणाम भदौ २३, २४ को विध्वंशले पुष्ठी गरेको छ । सैनिक मुख्यालय छिरेर बोगटीले गरेको विध्वंश राष्ट्रद्रोहीहरुले त्यस्तै अर्को विध्वंशको लागि गरेको परीक्षण हुन सक्नेतर्फ गम्भीररुपमा सोच्नुपर्ने अवस्था आएको छ ।