काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास !’ सार्वजनिक गरेको छ । बुद्ध दर्शन र खेललाइ एउटै विम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ । यो एन्थम मुख्यतः दर्शकको भावबाट लेखिएको सर्जक नवराज पराजुलीले बताए । मैदानमा हुने ११ जना खेलाडीजस्तै मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन् । ती दर्शकलाई बाह्रौँ खेलाडीको रुपमा एन्थममा समेटिएको छ ।
सर्जक पराजुली भन्छन्, जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरुले आफ्नो टिमलाई जे भन्न मन लाग्छ, एन्थममा ती पङ्क्तिहरु समेटिएका छन् ।’ बुद्ध दर्शनमा भएको ध्यान र स्वासको महानतालाई खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छ । एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन् भने लिरिकल भिडियोको निर्माण विवेक निशानीले गरेका छन् । एनपीएलको ट्रफी टुरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा सो एन्थम सार्वजनिक गरिएको हो ।