नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित नौ वामदलबीच एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ। मंगलबार प्रज्ञा भवनमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चिन्हबारे जानकारी दिएका हुन्। उनका अनुसार नयाँ पार्टीको चिन्ह पाँचकुने तारा रहनेछ। बैठकमा सहभागी नेताहरूका अनुसार अब एकीकृत पार्टीको घोषणासभा निकट भविष्यमा आयोजना गरिनेछ। पार्टीले आफूलाई ‘एकीकृत वाम–प्रगतिशील शक्ति’ का रूपमा प्रस्तुत गर्ने तयारी गरेको पनि स्रोतले जनाएको छ।