काठमाडौं, तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद ज्ञवाली थुनामुक्त हुने भएका छन् । सर्वोच्च अदालतले ज्ञवालीलाई सात वर्ष कैद सजाय पूरा गरी थुनामुक्त गर्न आदेश दिएको हो ।
न्यायाधीशहरू हरि फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले ज्ञवालीलाई थुनामुक्त गर्न आदेश दिएको हो । ज्ञवालीले यसअघि नै कैद भुक्तान गरिसकेका छन् । जरिवानाबापतको रकम बुझाउन नसक्दा उनको जेल बसाइ अवधि लम्बिएको थियो ।
तत्कालीन जम्को प्रकाशन प्रालिका नाममा कर्जा प्रवाह क्रममा बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले ४ असोज २०७३ मा ज्ञवालीका साथै उनकी श्रीमती गौरी खनाल (ज्ञवाली), किशोर ढकाललाई मुख्य कसुरदार ठहर गरी चार वर्ष कैद सजाय सुनाएको थियो । कमल र गौरीलाई छ करोड २५ लाख रुपैयाँका दरले बिगो र जरिवाना सजाय समेत सुनाएको थियो ।
अदालतले ढकाललाई ५० लाख रुपैयाँ जरिवाना ग¥यो । कोमलानन्द अधिकारीलाई चार वर्ष कैद र पाँच करोड ७३ लाख रुपैयाँ जरिवानाको फैसला ग¥यो । तर, पतिको प्रभाव र पारिवारिक अवस्था विचार गर्नुपर्ने भन्दै कमलकी पत्नी गौरीलाई भने तीन वर्ष मात्रै कैद फैसला गरेको थियो ।